कार्यक्रम

सुरक्षित आप्रवासन(SaMi) कार्यक्रम
“स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना र सीप सिकेर मात्र जाऔं”

वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनमा रहेको छ। सूचना तथा परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम यस कार्यक्रमको मूख्य सेवाका रूपमा रहेको छ। साथै, कार्यक्रम अन्तर्गतका सेवाहरूलाई संस्थागत गर्नका लागि नीतिगत विकास र संरचनागत सुदृढिकरणमा पनि सहयोग तथा सहजीकरण गर्दै आएकोछ। समग्र कार्यक्रमको गुणस्तरीयता तथा प्रभावकारीता अभिवृद्धिको निम्ति स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोगीको भूमिका निर्वाह गर्दै आएकोछ।

जिल्लास्थित जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र (MRC) र राहदानी वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत उपकेन्द्र (Sub-MRC) सञ्चालनमा रहेका छन्। आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श, कानूनी परामर्श तथा सहयोग, गन्तव्य मुलुकबाट स्वदेश फिर्ती तथा उद्दार, आर्थिक सहयताका लागि सहजीकरण, सीप विकास तालिमका लागि समन्वय जस्ता सेवाहरू प्राप्त गर्न सकिन्छ। आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्ने गर्दछ। आप्रवासी स्रोत केन्द्रले सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गरी सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्ने गर्दछ।

SaMi Website