वि.सं:
नेपाल संवत: ११४५ थिंलागा सप्तमी - २२
वि.सं. १९९३ मा विराटनगरमा जुटमिल स्थापना भए पश्चात श्रमिक आपूर्तिको आवश्यकता महशुस हुँदै गइरहेको थियो । २०१३ सालमा योजनावद्ध विकासको थालनी भएपश्चात २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गरी अर्ददक्ष जनशक्ति उत्पादन गर्ने कार्यको शुरूवात भएको पाइन्छ । २०३३ सालमा हटौँडामा श्रमिक आपूर्ति केन्द्रको स्थापना, २०३४ सालमा काठमाण्डौमा केश कर्तन तालिम केन्द्रको स्थापनाबाट नै व्यावसायिक तथा सीप बिकास तालिम कार्यक्रमको सुरुवात वा प्रस्थान विन्दु मानिएको छ । श्रम र रोजगारसँग सम्बन्धित भई विभिन्न समयमा विभिन्न नामबाट सुरु भएको तालिम कार्यक्रमहरुलाई एकीकृत गरी बार्षिक कार्यक्रमका रुपमा आर्थिक वर्ष २०६१/०६२ बाट देशभित्र रहेका सबै तालिम केन्द्रहरूको केन्द्रिय निकायको रूपमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र (विभाग स्तरिय कार्यालय) भैसैपाटी रहने व्यवस्था भएको हो । सो केन्द्र अन्तरर्गत १६ वटा तालिम केन्द्रहरू अस्तित्वमा रहेकोमा १३ वटा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७५ /०६/०५ को निर्णयले सम्वन्धित प्रदेश सरकारमा हस्तान्तरण भै गएको र बाँकी ३ वटा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैसेपाटी, इटहरी र बुटवल संघ अन्तरर्गत रहने गरी व्यवस्था भए बमोजिम तत्कालिन व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरूको नाम परिवर्तन भई व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान रहने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार सहसचिवको नेतृत्वमा यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटी ललितपुर नै संगठानात्मक र संरचनात्मक फेरवदल हुँदै प्रतिष्ठानका रुपमा २०७५ ८०६/१२ मा स्थापाना भएको हो ।
“श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशिल मानव संसाधनको विकास गरी रोजगारीका अवसर सिर्जना, असल श्रम सम्बन्धको विकास, बालश्चमको निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक बिकासमा सघाउ पुर्याउने” । सोचलाई सहयोग पुर्याउन रोजगार तथा स्वरोजगारमूलक सीपविकास तालिम सञ्चालन गर्ने र त्यस्ता कार्यक्रममा गरिबहरुको पहुँच सुनिश्चित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा व्यावसायिक क्षेत्रमा तालिम दिने साथै श्रमशक्ति सहभागिता ४९ प्रतिशत र रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५० प्रतिशत पुर्याउने । श्रम उत्पादकत्व २७६ हजार पुर्याउने लक्ष्य राखिएको छ।
श्रमयोग्य जनशक्तिको लागिब्यावसायिक तथा सीप विकास तालिम मार्फत रोजगारीको अवसर सृजना गरी नागरिकको आयस्तरमा सुधार गर्ने ।
१. आधारभूत सीपमूलक(Basic) तालिम
२. सीप अभिवृद्धि(Advanced)तालिम
३. उद्यमशिलता विकास(Entrepreneurship Development) तालिम
४. प्रशिक्षक प्रशिक्षण(ToT)
५. पुर्व प्रस्थान अभिमुखिकरण(PDOT)
६. कार्यस्थलमा आधारित(Apprenticeship) तालिम
क) केश श्रृङ्गार
ख) सिलाई कटाई
ग) विद्युत जडान
घ) अटोमोवाइल मर्मत
ङ) मोटरसाइकल मर्मत