श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखा
- नीति निर्माण तथा कार्यान्वयन
- श्रम प्रशासनसँग सम्बन्धित विषयमा नीतिगत, कार्यविधिगत एवम् संरचनागत कार्य गर्ने गराउने.
- श्रम प्रशासनको क्षेत्रमा वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन एवम् अनुगमन सम्बन्धीकार्य गर्ने गराउने,
- श्रम तथा व्यावसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी राष्ट्रिय नीति, कानून, कार्यविधि, निर्देशिका, योजना र मापदण्ड तर्जुमा सम्बन्धी कार्य गर्ने गराउने,
- बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरूयोजना (२०७५-२०८५) कार्यान्वयनका लागि अन्तर निकाय समन्वय सम्बन्धीकार्य गर्ने गराउने,
- योगदानमा आधारित सामाजिक सुरक्षा सम्वन्धी राष्ट्रिय नीति, कानून, कार्यविधि, निर्देशिका, योजना र मापदण्ड तर्जुमा, कार्यान्वयन र अनुगमन मूल्यांकन सम्बन्धीकार्य गर्ने गराउने,
- ट्रेड युनियन सम्बन्धी नीतगत तथा कानूनी सुधार, कार्यान्वयन र नियमन सम्बन्धीकार्य गर्ने गराउने,
- प्रतिष्ठानमा कार्यरत श्रमिकले पाउने बोनस सम्बन्धी नीतिगत तथा कानूनी पक्ष सम्बन्धी कार्य गर्ने गराउने,
- विदेशी श्रमिकहरूका लागि श्रम इजाजत/स्वीकृति सम्बन्धी नीतिगत तथा कानूनी सुधार सम्बन्धीकार्य गर्ने गराउने,
- महाशाखाको कार्यक्षेत्रसँग सम्बन्धित वार्षिक नीति, बजेट तथा कार्यक्रम प्रस्ताव गर्न तथा स्वीकृत कार्यक्रम कार्यान्वयन सम्बन्धीकार्य गर्ने गराउने,
- श्रमिकका आर्थिक सामाजिक हित प्रवर्द्धन सम्बन्धी नीतगत तथा कानूनी सुधार सम्बन्धी।
- समन्वय सहजिकरण/विवरण संकलन
- सामाजिक विवाद समाधानको लागि समन्वय तथा सहजीकरण सम्बन्धीकार्य गर्ने गराउने,
- योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विस्तार र कार्यान्वयनका लागि सहजिकरण गर्ने,
- बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी मापदण्ड, कार्यविधि तर्जुमा तथा सो सम्बन्धमा आवश्यक समन्वय, सहजीकरण सम्बन्धीकार्य गर्ने गराउने,
- श्रम सम्बन्धी सामुहिक विवाद समाधानको लागि मध्यस्थ गठन तथा अन्तरनिकाय समन्वय सम्बन्धीकार्य गर्ने गराउने,
- श्रम, बालश्रम निवारण, व्यावसायजन्य सुरक्षा र स्वास्थ्य लगायत श्रम सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहसंग सम्पर्क तथा समन्वय सम्बन्धीकार्य गर्ने गराउने।
- अनुगमन/निरिक्षण/प्रतिधित्व
- अन्तरराष्ट्रिय श्रम संगठन लगायत श्रम प्रशासनसंग सम्बन्धीत अन्तर्राष्ट्रियसंस्थासंग सम्पर्क, समन्वय, विभिन्न संरचनाहरुमा प्रतिनिधित्व सम्बन्धीकार्य गर्ने गराउने,
- अन्तरराष्ट्रिय श्रम सम्मेलन लगायत अन्तरराष्ट्रिय मन्चहरुमा प्रतिनिधित्व सम्बन्धीकार्य गर्ने गराउने,
- प्रतिष्ठान निरिक्षणका लागि एकीकृत निरिक्षण ढाँचा तयार गरी निरिक्षण गर्ने गराउने,
- श्रम प्रशासन सम्बन्धी विषयमा मातहत निकायको अनुगमन, कार्यसम्पादन मूल्यांकन तथा सहजीकरण र समन्वय सम्बन्धीकार्य गर्ने गराउने ।
- असल श्रम सम्बन्ध, बालश्रम निवारण, व्यवसाजन्य सुरक्षा तथा स्वास्थ्य, सामाजिक सुरक्षा सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान, सर्वेक्षण, तथ्याङ्क संकलन तथा विश्लेषण सम्बन्धीकार्य गर्ने गराउने,
- नेपालले अनुमोदन गरेका र नगरेका अन्तरराष्ट्रिय श्रम संगठनका महासन्धीहरुको कार्यान्वयन प्रतिवेदन तथा कार्यान्वयनको प्रभाव अध्ययन विश्लेषण सम्बन्धीकार्य गर्ने गराउने।
- असल श्रम औद्योगिक तथा श्रम सम्बन्धका लागि सामाजिक सम्वाद अभिवृद्धि गर्ने गराउने,
- न्यूनतम पारिश्रमिक निर्धारण श्रम अडिट, श्रमिक आपूर्तीकर्ता लगायतका श्रम कानूनको परिपालन सम्बन्धी कार्य गर्ने गराउने,
- न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धी कार्य गर्ने गराउने,
- महाशाखासंग सम्बन्धित विषयमा सृजनात्मक (Creative) तथा नवीन (Innovative) कार्यहरुको अवधारणा तयार सम्बन्धीकार्य गर्ने गराउने,
- आफूले सम्पादन गरेका कामको व्यवस्थित अभिलेखिकरण गरी सरुवा भई जांदा संस्थागत स्मरण (Institutional Memory) आउने पदाधिकारीलाई हस्तान्तरण सम्बन्धी कार्य गर्ने गराउने।
महाशाखा अन्तर्गतका शाखाहरू
श्रम सम्बन्ध शाखा
- श्रम तथा श्रम सम्बन्ध सम्बन्धी नीति एवं कानून, गुरुयोजना, योजना तर्जुमा, संशोधन, कार्यान्वयन, अनुगमन तथा नियमन सम्बन्धी कार्य गर्ने,
- श्रमशक्ति र श्रम बजार सम्बन्धी तथ्याङ्क सङ्कलन, अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने,
- औद्योगिक विवाद समाधान र असल श्रम सम्बन्ध सम्बन्धी कार्य गर्ने,
- विदेशी कामदारहरुका लागि श्रम इजाजत र स्वीकृति सम्बन्धी नीतिगत विषय सम्बन्धी कार्य गर्ने,
- श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी कार्य गर्ने,
- न्यूनतम पारिश्रमिक निर्धारण समितिको सचिवालय सम्बन्धी कार्य गर्ने,
- श्रम अडिट सम्बन्धी नीति तथा मापदण्ड सम्बन्धी कार्य गर्ने,
- श्रमिक आपूर्तीकर्ता संस्थाको नियमन सम्बन्धी कार्य गर्ने,
- श्रमिक कल्याण सम्बन्धी कार्य गर्ने,
- त्रिपक्षीय सामाजिक सम्बाद सम्बन्धी कार्य गर्ने,
- श्रम सम्बन्धी विषयमासम्बन्धित प्रदेश तथा स्थानीय तहसंग गरिनुपर्ने समन्वय सम्बन्धी कार्य गर्ने,
- नेपालले अनुमोदन गरेका र नगरेका अन्तराष्ट्रिय श्रम संगठनका महासन्धीहरुको कार्यान्वयनएवम् मूल्यांकनका लागि गरिनुपर्ने अन्तरमन्त्रालय समन्वय सम्बन्धी कार्य गर्ने,
- अन्तराष्ट्रिय श्रम संगठनमा वार्षिक तथा आवधिक रुपमा प्रस्तुत गर्नुपर्ने प्रतिवेदन सम्बन्धी कार्य गर्ने,
- श्रमसंग सम्बन्धित अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संघ-संस्थाहरूसँग समन्वय र सहजीकरण गर्ने,
- श्रमसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) लगायत अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग आवश्यकतानुसार सम्पर्क,सहकार्य तथा समन्वय गर्ने,
- शाखासँग सम्बन्धित विषयमा वार्षिक बजेट तथा कार्यक्रमको मस्यौदा तयार गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन एवम् अनुगमन मूल्यांकन सम्बन्धीकार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयमा नियमित रुपमा प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी,
- शाखासँग सम्बन्धित विषयमामन्त्रालय मातहतका र अन्य निकायहरु बीच सम्पर्क र समन्वय सम्बन्धीकार्य गर्ने,
- तोकिए बमोजिमका शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
बाध्यकारी श्रम निवारण तथा व्यावसायजन्य सुरक्षा शाखा
- बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी नीति, कानून, योजना तर्जुमा, कार्यान्वयन तथा नियमनसम्बन्धी कार्य गर्ने,
- बालश्रम तथा बाध्यकारी श्रम निवारण, सम्बन्धी अध्ययन, अनुसन्धान,तथ्यांक संकलन,अद्यावधिक तथा विश्लेषणसम्बन्धी कार्य गर्ने,
- बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सेमिनार,तालिम, गोष्ठी आदि कार्यक्रमहरू संचालन गर्ने,
- बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी कार्यक्रम, निरीक्षण तथा अनुगमन गर्ने,
- बालश्रम तथा बाध्यकारी श्रम निवारण र व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी जनचेतनामूलक प्रवर्द्धनात्मक कार्य गर्ने,
- बालश्रम निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम संगठन(ILO),आईपेक, जी.टी.जेड.तथा अन्य दातृ राष्ट्र तथा संघ संस्थाहरुसंग समन्वय गर्ने,
- व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी नीति, कानून, योजना तर्जुमा तथा नियमन गर्ने,
- व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अध्ययन, अनुसन्धान, सेमिनार, गोष्ठी आदि गर्ने,
- प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरुको व्यावसायजन्य सुरक्षासम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारण समिति र बालबालिका विकास तथा पुर्नस्थापना कोष संचालक समितिसम्बन्धी कार्य गर्ने ।
- शाखासँग सम्वन्धित विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासंग आवश्यक सम्पर्क, समन्वय र सहकार्य गर्ने,
- कामदार मजदूरहरुको कार्य संस्कृति र व्यवहार (Working Culture and Behaviors) सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको तर्जुमा तथा समन्वय गर्ने,
- विदेशबाट फर्केका कामदारको सीप परिक्षण गर्ने, सो सीपको उपयोगसम्बन्धी रणनैतिक योजना तयार गर्ने र समय सापेक्ष परिमार्जनको कार्य गर्ने,
- Alliance 8.7 को सचिवालयको रुपमा कार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
श्रमिक कल्याण तथा सामाजिक संरक्षण शाखा
- योगदान आधारित सामाजिक सुरक्षा सम्बन्धी नीति, कानून, कार्याविधि, निर्देशिका योजना तर्जुमाका कार्यान्वयन र अनुगमन मूल्याङ्कन सम्वन्धी कार्य गर्ने,
- योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विस्तार र कार्यान्वयनका लागि गरिनु पर्ने सहजिकरण सम्वन्धी कार्य गर्ने
- अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक एवं स्वरोजगारलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन गरिनु पर्ने नीतिगत, कानूनी, संस्थागत र कार्यक्रमिक व्यवस्था सम्वन्धी कार्य गर्ने
- सामाजिक सुरक्षा योजना कार्यान्वयनसंग सम्वन्धित विषयमा अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने तथा सो को बार्षिक एकिकृत प्रतिवेदन तयार गर्ने गराउने
- योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुलाई ब्यापकता दिने एवं प्रभावकारी कार्यान्वयन गर्नका लागि सञ्चालन गरिनु पर्ने प्रवर्द्धनात्मक तथा जनचेतनामूलक कार्य गर्ने
- श्रमिक तथा श्रमिकका परिवारको लागि सामाजिक सुरक्षासँग सम्बन्धित नीतिगत तथा संस्थागत कार्यहरु गर्ने,
- योगदानमा आधारित सामाजिक सुरक्षा र ट्रेड युनियन सम्वन्धी अन्तराष्ट्रिय लक्ष्य एवं प्रतिवद्धताको कार्यान्वयनको लागि सहकार्या गर्ने,
- ट्रेड यूनियन सम्बन्धी राष्ट्रिय नीति, कानून तर्जुमामा सहयोग पुर्याउने,
- श्रमिकको कर्तव्य, दायित्व, कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा आवश्यक समन्वय गर्ने,
- श्रमिकका बाल बालिकाहरुका लागि दिवा स्याहार केन्द्र, शिक्षा तथा स्वास्थ्य सेवा आदिको प्रबन्ध गर्न व्यवस्थापकहरुलाई प्रोत्साहन गर्ने,
- प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको वोनस सम्वन्धी राष्ट्रिय नीति, कानून तर्जुमा, समन्वय र सहजिकरण सम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयमा वार्षिक बजेट तथा कार्यक्रमको मस्यौदा तयार गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन एवम् अनुगमन मूल्यांकन सम्बन्धीकार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयको अभिलेख व्यवस्थापन सहित नियमित प्रगति प्रतिवेदन पेश गर्ने,
- तोकिए बमोजिमका शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।