नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार यस मन्त्रालयको कार्यक्षेत्र देहाय बमोजिम तोकिएको छ ।

१.युवासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;

२.युवा जागरण तथा विकास;

३.युवा स्वरोजगार कोष;

४.श्रम तथा आन्तरिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;

५. वैदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन;

६. वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा, हक हित संरक्षण, प्रवर्द्धन;

७. औद्योगिक विवाद समाधान;

८. रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धान;

९. श्रम तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा निरीक्षण र श्रम-सम्बन्ध;

१०. रोजगार उन्मुख सीपमूलक एवम् व्यावसायिक तालिम नीति;

११. ट्रेड युनियनसम्बन्धी एकीकृत कानून र नियमन;

१२. बालश्रम निवारणसम्बन्धी नीति र कानून;

१३. व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी नीति, कानून र मापदण्ड;

१४. विदेशीहरूका लागि श्रम स्वीकृति;

१५. बेरोजगारसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थापन, अध्ययन र अनुसन्धान;

१६. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;

१७. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन।