श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा
- श्रमसम्बन्धी राष्ट्रिय नीति तर्जुमागर्ने गराउने,
- श्रम सम्बन्धी ऐन नियमहरुको तर्जुमा तथा परिमार्जन सम्बन्धी कार्य गर्ने गराउने,
- श्रमशक्ति र श्रम बजारसम्बन्धी अध्ययन, सर्वेक्षण, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण सम्बन्धी कार्य गर्ने गराउने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका श्रमसम्बन्धी प्रतिवेदनहरुको संकलन सम्बन्धी कार्यहरु गर्ने गराउने,
- अन्तर्राष्ट्रिय श्रम संगठन(International Labour Organization) सम्बन्धी कार्य गर्ने गराउने,
- औद्योगिक विवाद समाधानसम्बन्धी कार्य गर्ने गराउने,
- विदेशी कामदारहरुको श्रम स्वीकृति व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने,
- ट्रेड यूनियन सम्बन्धी राष्ट्रिय नीति,कानून तर्जुमा र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय सम्पर्कसम्बन्धी कार्यहरु गर्ने गराउने,
- बालश्रम निवारणसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थाहरुसंगको सम्पर्क, सहकार्य तथा समन्वय गर्ने गराउने,
- बालश्रम निवारणसम्बन्धी नीति, कानून तर्जुमा र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- बालश्रम निवारणसम्बन्धी अध्ययन, अनुसन्धान,सर्वेक्षण,सूचना र तथ्यांक संकलन तथा विश्लेषणसम्बन्धी कार्य गर्ने गराउने,
- बालश्रम निवारणसम्बन्धी व्यवस्थापन तथा जनचेतना जगाउन प्रचार प्रसार गर्ने गराउने,
- बालश्रम निवारण विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनार सम्मेलनसम्बन्धी कार्यहरु गर्ने गराउने,
- व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विषयमा नीति, कानून र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- श्रमिक एवं सामाजिक सुरक्षा सम्बन्धी राष्ट्रिय नीति, कानून,मापदण्ड, कार्यक्रम र नियमनसम्बन्धी कार्य गर्ने गराउने,
- सामाजिक सुरक्षा कोषसम्बन्धी नीति, कानून तर्जुमा,कोष संचालन तथा नियमन, यस विषय सम्बद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय र संघसंस्थासंग सम्पर्क, समन्वय र सहकार्यसम्बन्धी कार्य गर्ने गराउने,
- सामाजिक सुरक्षा कोष र श्रमिक कल्याणसम्बन्धी कार्यहरु गर्ने गराउने,
- रोजगारउन्मुख,सीपमूलक एवं व्यवसायिक तालिमसम्बन्धी राष्ट्रिय नीति तर्जुमा र सो को नियमन गर्ने गराउने,
- श्रमिक तथा रोजगारदाताको कर्तव्य,दायित्व,कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा समन्वय गर्ने गराउने,
- सीप विकास तथा तालीमसम्बन्धी नीति, योजना तर्जुमा,समन्वय,अनुगमन, मुल्याङ्कन गर्ने गराउने,
- सीप विकास तालिमसम्बन्धी पाठ्यक्रम तर्जुमा, परिमार्जन, तालिम सञ्चालन मापदण्ड निर्धारण गर्ने गराउने,
- सीप विकास तालिम सञ्चालन, समन्वय र प्रवर्द्धनसम्बन्धी कार्य गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने,
- प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने गराउने ।
श्रम सम्बन्ध शाखा
- श्रमसंग सम्बन्धित कानून तर्जुमा,संशोधन तथा नियमन सम्बन्धी कार्य गर्ने,
- श्रमशक्ति र श्रम बजारसम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन,अद्यावधिक र विश्लेषणसम्बन्धी कार्य गर्ने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका श्रम सम्बन्धी प्रतिवेदन संकलन एवं अभिलेखिकरणसम्बन्धी कार्यहरु गर्ने,
- अन्तर्राष्ट्रिय श्रम सङ्गठनसंग सम्बन्धित कार्य गर्ने,
- औद्योगिक विवाद समाधानसम्बन्धी कार्य गर्ने,
- श्रमसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थासंगको सम्पर्क,सहकार्य तथा समन्वय गर्ने,
- विदेशी कामदारहरुका लागि श्रम स्वीकृति र त्यसको सूचना व्यवस्थापन गर्ने,
- श्रमिक कल्याण शाखासँग समन्वय गरी ट्रेड यूनियन नीति,कानूनको तर्जुमा र नियमन सम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय सम्पर्कसम्बन्धी कार्यहरु गर्ने,
- अन्तराष्ट्रिय श्रम संगठन (ILO) तथा अन्य राष्ट्रिय,अन्तराष्ट्रिय,सरकारी,गैरसरकारी संघ संस्थाहरुसंग समन्वयसम्बन्धी कार्य गर्ने,
- अन्तराष्ट्रिय श्रम संगठन(ILO) बाट पारित महासन्धी तथा सन्धीहरुसम्बन्धी कार्य गर्ने,
- अन्तराष्ट्रिय श्रम संगठन (ILO) मा वार्षिक र आवधिक रुपमा पेश गर्नुपर्ने प्रतिवेदन तयारीसम्बन्धी कार्य गर्ने,
- भविष्यमा गर्नुपर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँग सम्बन्धित सन्धीहरु सम्बन्धी आवश्यक कार्यहरु गर्ने,
- सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापन गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।
बालश्रम निवारण तथा व्यवसायजन्य सुरक्षा शाखा
- बालश्रम निवारणसँग सम्बन्धित नीति, कानून, योजना तर्जुमा तथा नियमनसम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारणसम्बन्धी अध्ययन,अनुसन्धान,सेमिनार,तालिम, गोष्ठी आदि कार्यक्रमहरू संचालन गर्ने,
- बालश्रम निवारणसम्बन्धी कार्यक्रम,निरीक्षण तथा अनुगमन गर्ने,
- बालश्रम विरुद्ध जनचेतना जगाउन प्रचार-प्रसारसम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम संगठन(ILO),आईपेक,जी.टी.जेड.तथा अन्य दातृ राष्ट्र तथा संघ संस्थाहरुसंग समन्वय गर्ने,
- बालश्रम निवारण, सम्बन्धी अध्ययन, अनुसन्धान,तथ्यांक संकलन,अद्यावधिक तथा विश्लेषणसम्बन्धी कार्य गर्ने,
- व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी नीति,कानून,योजना तर्जुमा तथा नियमनसम्बन्धी कार्य गर्ने,
- व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी अध्ययन,अनुसन्धान,सेमिनार,गोष्ठी आदि कार्यक्रम गर्ने,
- प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरुको व्यवसायजन्य सुरक्षासम्बन्धी कार्य गर्ने,
- बालश्रम निवारण समिति र बालबालिका विकास तथा पुर्नस्थापना कोष संचालक समितिसम्बन्धी कार्य गर्ने ।
- औद्योगिक प्रतिष्ठानहरुमा व्यवसायजन्य सुरक्षा लगायतका चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने,
- शाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- श्रमिक कल्याण शाखासँग समन्वय गरी ट्रेड युनियन अधिकार र ट्रेड युनियनले व्यवसायिकता प्रवर्द्धनमा खेल्नुपर्ने भूमिकाको विषयमा सेमिनार तथा गोष्ठी आयोजना गर्ने,
- सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।
श्रमिक कल्याण शाखा
- सामाजिक सुरक्षा सम्बन्धी नीति,योजना तथा कानुनको तर्जुमाका लागि मस्यौदा तयार गर्ने,
- श्रमिक तथा श्रमिकका परिवारको लागि सामाजिक सुरक्षासँग सम्बन्धित नीतिगत तथा संस्थागत कार्यहरु गर्ने,
- ट्रेड यूनियन सम्बन्धी राष्ट्रिय नीति, कानून तर्जुमामा सहयोग पुर्याउने,
- सामाजिक सुरक्षा कोषको संचालन तथा व्यवस्थापनमा सहयोग गर्ने,
- श्रमिकको कर्तव्य, दायित्व, कार्य संकृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालनका सम्बन्धमा आवश्यक समन्वय गर्ने,
- श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी कार्य गर्ने,
- श्रमिकहरुको सामाजिक सुरक्षाको सन्दर्भमा व्यवसायजन्य स्वास्थ्य सेवासम्बन्धी आवश्यक कार्य गर्ने,
- श्रमिकका बाल बालिकाहरुका लागि दिवा स्याहार केन्द्र, शिक्षा तथा स्वास्थ्य सेवा आदिको प्रबन्ध गर्न व्यवस्थापकहरुलाई प्रोत्साहन गर्ने,
- सामाजिक सुरक्षा सम्बन्धमा सेमिनार,गोष्ठी लगायतका चेतनामूलक कार्यहरु गर्ने,
- शाखासँग सम्बन्धित विषयको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- नयाँ सामाजिक सुरक्षा योजना लागू गर्ने विषयमा आवश्यक कार्य गर्ने,
- अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र स्वरोजगारलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने विषयम अध्ययन अनुसन्धान गर्ने,
- श्रमिक कल्याणकारी कोषसम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित काममा सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासंग सम्पर्क,समन्वय र सहकार्य गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।
सीप विकास तथा तालिम शाखा
- सीप विकास तथा तालिम सम्बन्धी राष्ट्रिय नीति, कानून तर्जुमा,योजना,मापदण्ड, पूर्वाधार विकाससम्बन्धी काम गर्ने र सो को नियमन गर्ने,
- तालिम केन्द्रहरुको विवरण अद्यावधिक गर्ने,
- तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गर्ने,
- सीप विकास तालिमसम्बन्धी पाठ्यक्रम तर्जुमा, परिमार्जन, तालिम सञ्चालन मापदण्ड निर्धारण गर्ने, प्रवर्द्धन र समन्वय गर्ने,
- रोजगारीका संभावित क्षेत्रहरुमा आवश्यक सीप तथा दक्षता पहिचान गरी दक्ष जनशक्ति उत्पादनका लागि नीतिगत तथा संस्थागत समन्वय गर्ने,
- पिछडिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित सीपमूलक तालिम नीति तर्जुमा,समन्वय तथा नियमन गर्ने,
- लक्षित वर्गहरुलाई रोजगारी तथा स्वरोजगारीसम्बन्धी सचेतना तथा पूर्व तयारीसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम आवश्यक समन्वय गरी सञ्चालन गर्ने,
- कामदार मजदूरहरुको कार्य संस्कृति र व्यवहार (Working Culture and Behaviors) सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको तर्जुमा तथा समन्वय गर्ने,
- विदेशबाट फर्केका कामदारको सीप परिक्षण गर्ने, सो सीपको उपयोगसम्बन्धी रणनैतिक योजना तयार गर्ने र समय सापेक्ष परिमार्जनको कार्य गर्ने,
- प्रदेश र स्थानीय तहमा तालिम प्रदायक संस्थाको स्थापना, क्षमता विकास, पाठ्यक्रम निर्धारण लागायतका कार्यको लागि नीतिगत तथा संस्थागत कार्य गर्ने,
- तालिम प्रदायक संस्था र रोजगार प्रदायक संस्था बीच रोजगारी सृजना र जनशक्तिको उपयोग सम्बन्धी समन्वयत्मक कार्य गर्ने,
- तालिम केन्द्रहरु बीच समन्वय गरी विशिष्टिकृत तालिम प्रदायक संस्थाहरुको संरचनागत विकासको लागि संस्थागत समन्वय गर्ने,
- शाखासँग सम्बन्धित काममा सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासंग सम्पर्क, समन्वय र सहकार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।