रोजगार व्यवस्थापन महाशाखा
- आन्तरिक रोजगार प्रर्वद्धनसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्य गर्ने गराउने,
- आन्तरिक एवं वैदेशिक रोजगारसम्बन्धी ऐन नियमहरुको तर्जुमा, संशोधन, विधेयक तथा नियमावलीहरु तयार गरी पेश गर्ने गराउने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका रोजगारसम्बन्धी प्रतिवेदन संकलन, प्रकाशन तथा वितरणसम्बन्धी कार्यहरु गर्ने गराउने,
- अन्तर्राष्ट्रिय आप्रवासन संगठन (International Organization for Migration - IOM), कोलम्बो प्रोसेस, अबुधावी संवाद (Abudhabi Dialogue) लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ संगठनहरूसँग सम्बन्धित कार्यहरु गर्ने गराउने,
- श्रमशक्ति, श्रम बजार, आन्तरिक तथा वैदेशिक रोजगार एवम् बेरोजगारी सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन, विश्लेषण लगायत सूचना विश्लेषणका कार्यहरु गर्ने गराउने,
- रोजगार सूचना सेवा तथा श्रमिक आपूर्ति सम्बन्धी कार्य गर्ने गराउने,
- वैदेशिक रोजगार सम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन सम्बन्धी कार्य गर्ने गराउने,
- श्रम कूटनीतिसम्बन्धी कार्यको समन्वय गर्ने गराउने,
- काउन्सेलर (श्रम)तथा श्रम सहचारीहरुसंग नियमित सम्पर्क र समन्वयको काम गर्ने गराउने,
- वैदेशिक रोजगारसम्बन्धी कार्यक्रमहरु तर्जुमा, समन्वय, अनुगमन,मूल्याङ्कन र प्रतिवेदन गर्ने गराउने,
- वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रबर्दधन बोर्डसम्बन्धी कार्य गर्ने गराउने,
- वैदेशिक रोजगारसम्बन्धी अनुगमन तथा निरीक्षण गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने गराउने,
- आन्तरिक तथा वैदेशिक रोजगारको सूचना एवं तथ्यांक अद्यावधिक गर्ने गराउने,
- मन्त्रालयको वेवसाईट अद्यावधिक गर्ने लगायतका विद्युतीय सुशासनसम्बन्धी अन्य कार्यहरु गर्ने गराउने,
- प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने गराउने ।
वैदेशिक रोजगार व्यवस्थापन शाखा
- वैदेशिक रोजगारसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्डको कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
- श्रम कूटनीति प्रवर्द्धनका लागि आवश्यक तयारी तथा समन्वय गर्ने,
- वैदेशिक रोजगारसँग सम्बन्धित संघ संस्थाहरुको नियमन तथा अनुगमन गर्न वैदेशिक रोजगार विभागसंग समन्वय गर्ने,
- काउन्सेलर(श्रम)तथा श्रम सहचारीको कार्यसम्पादनको नियमित रुपमा प्रगति प्रतिवेदन लिने सोको प्रतिवेदन गर्ने,
- अन्तराष्ट्रिय आप्रवासन संगठन(IOM),कोलम्बो प्रोसेस,आबुधावि डाइलग लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सम्बन्धित महाशाखाका कार्यक्षेत्र अन्तर्गतका कार्यहरु गर्ने,
- वैदेशिक रोजगार सम्बन्धी सूचना एवं तथ्यांक संकलन, अध्ययन तथा विश्लेषण गर्ने,
- वैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउन राय सल्लाह प्रदान गर्ने,
- वैदेशिक रोजगारसम्बन्धी कार्यक्रमहरु तयार गर्ने, समन्वय गर्ने र प्रतिवेदन गर्ने,
- वैदेशिक रोजगार सम्बन्धमा रोजगारदाता मुलुकहरुसंग हुने वार्ता एवं सम्झौतासम्बन्धी कार्य गर्ने,
- वैदेशिक रोजगारका लागि नयाँ मुलुक खुला गर्न आवश्यक अध्ययन तथा समन्वय गर्ने,
- वैदेशिक रोजगारबाट विभिन्न क्षेत्रमा पर्न गएको प्रभावको अध्ययन अनुसन्धान गरी नीतिगत सुझाव दिने,
- वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको स्वास्थ्य तथा सुरक्षाको विषयमा अध्ययन अनुसन्धान गरी नीतिगत सुधारको राय पेश गर्ने,
- विदेशमा रहेका नेपालीहरुका सेवामूलक संस्थाहरुसंग सम्पर्क कायम गरी आवश्यकता अनुसार राय सुझाव प्राप्त गर्ने, प्रतिवेदन लिने एवं उपयुक्त कारवाहीकोलागि पेश गर्ने,
- वैदेशिक रोजगारमा गएका श्रमिकहरुको हक,हित,उद्दारसम्बन्धी कार्यहरुमा नीतिगत व्यवस्था पहल गर्ने,
- वैदेशिक रोजगारीको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक अन्य कार्यहरु गर्ने,
- परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली कूटनैतिक नियोगहरु तथा आप्रवासनसम्बन्धी कार्यक्रमहरुको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
- वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रबर्दधन बोर्डसम्बन्धी कार्य गर्ने,
- सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापन गर्ने,
- तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
रोजगार समन्वय तथा सूचना शाखा
- आन्तरिक रोजगारसम्बन्धी राष्ट्रिय नीति,कानुन,मापदण्ड,कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
- आन्तरिक रोजगारीको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुको लगत राख्ने,
- आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले वैदेशिक सहायतामा संचालित कार्यक्रम तथा आयोजनाहरुको संचालन, समन्वय, अनुगमन तथा मूल्याकन गर्ने,
- वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको दक्षता उपयोग गर्न राष्ट्रिय आवश्यकता अनुसारका नीति तथा रणनीति तर्जुमा गरी कार्यान्वयन गर्न पेश गर्ने,
- आन्तरिक रोजगार प्रवर्द्धका लागि नीजि तथा गैर सरकारी क्षेत्रसंगको सहकार्य एवंम् समन्वयसम्बन्धी कार्य गर्ने,
- न्यूनतम रोजगार प्रत्याभूतसम्बन्धी नीति,योजना तथा कार्यक्रम तर्जुमा,कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन गर्ने,
- मन्त्रालयको वेवसाईट व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- श्रम,रोजगारी,बेरोजगारी,वैदेशिक रोजगारी तथा रोजगारका अवसरसम्बन्धी अध्ययन,अनुसन्धान र विश्लेषण गर्ने,
- विद्धुतीय श्रम तथा रोजगार सूचना प्रणाली (Online Labour and Employment Information System) को स्थापना र व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- श्रमशक्ति सर्वेक्षणसम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित विषयमा कानून बमोजिम निर्धारण गरिएका अन्य कार्यहरु गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने,
- सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
- प्रदेश तथा स्थानिय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने।