प्रशासन महाशाखा
- आन्तरिक प्रशासन र कर्मचारी प्रशासनसम्बन्धी कार्यहरु गर्ने गराउने,
- निजामती सेवा ऐन, नियमावली अनुसार कर्मचारीहरुलाई दिइने सुविधा, पुरस्कार र विभागीय सजाय सम्बन्धी काम गर्ने गराउने,
- मन्त्रालयको संगठन संरचना, दरवन्दी, कर्मचारी कार्य विवरणसम्बन्धी काम गर्ने गराउने,
- काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्तिसम्बन्धी कार्यहरु गर्ने गराउने,
- स्वदेशी तथा विदेशी छात्रवृत्ति एवं वैदेशिक भ्रमणका लागि संभाव्य उम्मेदवारको सूची तयार गरी रायसाथ पेश गर्ने गराउने,
- मन्त्रालय अन्तर्गतको सार्वजनिक खरिदसम्बन्धी कार्यहरु गर्ने गराउने,
- वार्षिक प्रतिवेदन तथा मन्त्रालयस्तरका अन्य प्रकाशन, प्रसारण तथा वितरण सम्बन्धी कार्यहरु गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय सम्पर्कसम्बन्धी कार्यहरु गर्ने गराउने,
- महाशाखासँग सम्बन्धित विषयमा अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने,
- सूचना अधिकारी तथा विभिन्न निकाय एवंम् विषयगत सम्पर्क बिन्दुको काम गर्ने गराउने,
- अन्तर महाशाखा,शाखा र विभाग बीच समन्वय प्रणाली स्थापनासम्बन्धी कार्यहरू गर्ने गराउने,
- मन्त्रालयको कार्यक्षेत्रसम्बन्धी नीति, योजना, वार्षिक कार्यक्रम, बजेट तर्जुमाको समन्वय, अनुगमन, मूल्याङ्कन र आवधिक समीक्षासम्बन्धी कार्यगर्ने गराउने,
- मन्त्रालय र अन्तर्गत नियमित तथा बैदेशिक सहायताबाट संचालन हुने आयोजना/कार्यक्रमहरुको तर्जुमा गर्ने एवम् कार्यान्वयनका सम्बन्धमा उक्त कार्यक्रमहरु तथा सम्बन्धित कार्यालयहरुको अनुगमन मूल्यांकन गर्ने गराउने,
- आर्थिक प्रशासनसम्बन्धी कार्यहरु गर्ने गराउने,
- बेरुजुको लगत अद्यावधिक गर्ने, गर्न लगाउने तथा फछ्र्यौट गर्ने गराउने,
- मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका तथा कार्यविधिहरुको तर्जुमा तथा परिमार्जन सम्बन्धी कार्य गर्ने गराउने,
- अदालतबाट भएका फैसला तथा आदेशको कार्यान्वयनसम्बन्धी कार्य गर्ने गराउने,
- मन्त्रालयलाई विपक्षी बनाई परेका रिट,निवेदन र मुद्दाहरुको प्रतिरक्षा गर्ने गराउने,
- प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी गर्नुपर्ने आवश्यक कार्यहरु गर्ने गराउने ।
प्रशासन शाखा
- मन्त्रालय र अन्तर्गतको कर्मचारी प्रशासन तथा जनशक्ति विकाससम्बन्धी कार्य गर्ने,
- मन्त्रालयको संगठन संरचना, दरवन्दी सृजना, कर्मचारीको कार्य विवरण, नियुक्ति, पदस्थापन, अधिकार प्रत्यायोन,सरुवा, काज,बढुवा, विदा,सम्पत्ति विवरण,कार्य सम्पादन मूल्याङ्कन,अवकाशसम्बन्धी कार्यहरु गर्ने,
- मन्त्रालय र अन्तर्गतका कर्मचारीहरुको अभिलेख अद्यावधिक गर्ने,
- व्यवस्थापन परीक्षणसम्बन्धी कार्यको समन्वय तथा सहजीकरण गर्ने,
- कर्मचारीहरुलाई दिइने सुविधा, पुरस्कार र विभागीय कारवाही तथा सजायसम्बन्धी कार्य गर्ने,
- स्वदेशी तथा विदेशी छात्रवृत्ति, तालिम, गोष्ठी आदिमा कर्मचारी मनोनयनको लागि सिफारिस तथा विदा स्वीकृतिका निम्ति पेश गर्ने,
- मन्त्रालयभित्र परिवहन तथा सञ्चार व्यवस्थापन गर्ने,
- मन्त्रालय र अन्तर्गतका निकयहरूको लागि घरजग्गा र भवनको व्यवस्थापन गर्ने,
- मन्त्रालयको भौतिक साधनहरुको स्याहार, सम्भार, मर्मत,सरसफाई,कार्यालय विन्यास तथा संरक्षण लगायत जिन्सी व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- मन्त्रालय भित्र कागज धुल्याउने तथा लिलामीसम्बन्धी व्यवस्था गर्ने,
- उजुरी तथा गुनासो सुनुवाईसम्बन्धी कार्य गर्ने,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतकर्ता केन्द्र, राष्ट्रिय सूचना आयोगसंगको सर्म्पक, समन्वय एवं सुशासन ईकाइको रुपमा कार्य गर्ने,
- खरिद ईकाइ गठन तथा व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- पुस्तकालय व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- मन्त्रालय र अर्न्तगतका केन्द्रीय निकायहरुको स्रोतसाधनसम्बन्धी विवरण अद्यावधिक गर्ने,
- मन्त्रालय अर्न्तगतका निकायहरुको निरीक्षण, सुपरिवेक्षण र अनुगमनसम्बन्धी व्यवस्थापन गर्ने,
- कर्मचारी बैठकसम्बन्धी कार्य गर्ने
- शाखासँग सम्बन्धित कामको अभिलेख व्यवस्थापन गर्ने,
- विषयगत निकायहरुको सम्पर्क बिन्दु भई काम गर्ने,
- विषयगत सम्पर्क अधिकारी तोक्न पेश गर्ने,
- मन्त्रालयको स्रोत साधन तथा प्रकाशन वितरणको व्यवस्थापन गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।
आर्थिक प्रशासन शाखा
- प्रचलित कानुन बमोजिम मन्त्रालयको आर्थिक प्रशासन संचालन गर्ने,
- अर्थ मन्त्रालय र यस मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन शाखासँग समन्वय गरी वार्षिक कार्यक्रम र बजेट तर्जुमा तथा कार्यान्वयन गर्न,
- आर्थिक प्रशासनसम्बन्धी विषयमा माग भएबमोजिमको राय सल्लाह प्रदान गर्ने,
- विनियोजन बजेट अन्तर्गत बजेट निकासासम्बन्धी कार्य गर्ने,
- मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन शाखासँग समन्वय गरी कार्यक्रम संशोधन र रकमान्तर सम्बन्धी कार्य गर्ने,
- ऐन नियमानुसार तोकिएको श्रेस्ता राख्ने, राख्न लगाउने,
- विनियोजन हिसाबको लागि आवश्यक मास्केवारी तथा अन्य फांटवारी नियमित रुपमा तयार गर्ने गराउने र सम्बन्धित निकायमा समयमै पठाउने व्यवस्था गर्ने गराउने,
- आर्थिक प्रशासन शाखाको सहभागिता आवश्यक हुने विभिन्न समितिहरुमा रही कार्य गर्ने,
- मन्त्रालयका अन्य शाखाहरूसँग समन्वय गरी वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने,
- वार्षिक विवरण तयार गर्न सहयोग गर्ने,
- वेरुजु फर्छ्यौटसम्बन्धी कार्य गर्ने,
- मन्त्रालय अन्तर्गतका निकायहरुको आर्थिक व्यवस्थापन सुधारका लागि सुझाव दिने,
- आम्दानी तथा खर्चसम्बन्धी विवरणहरु अद्यावधिक राख्ने,
- म.ले.नि.का.को सम्पर्क विन्दुको रुपमा काम गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।
नीति, योजना,अनुगमन तथा मूल्याङ्कन शाखा
- मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित नीति तर्जुमा तथा विश्लेषण गर्ने,
- वार्षिक,आवधिक तथा दीर्घकालीन रणनीतिको तर्जुमा,समन्वय,कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्यगर्ने,
- आर्थिक प्रशासन शाखाको समन्वयमा वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्षको साधारणतर्फको अनुमानित बजेट तयारी र स्वीकृतिको लागि पेश गर्ने,
- मन्त्रालय र अन्तर्गत नियमित तथा बैदेशिक सहायताबाट संचालन हुने आयोजना/कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनका सम्बन्धमा कार्यक्रमहरु तथा सम्बन्धित कार्यालयहरुको अनुगमन मूल्यांकन गर्ने,
- मन्त्रालयका प्रगति विवरण,प्रतिवेदन तथा बुलेटिन प्रकाशनसम्बन्धी कार्यहरु गर्ने,
- मन्त्रालय र विभागहरु अर्न्तगत संचालन हुने विकासका आवधिक एवं वार्षिक कार्यक्रमहरु तयार गर्ने,
- राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसंगको सहकार्यमा मन्त्रालय अर्न्तगत सञ्चालित विकास कार्यक्रमहरुको कार्यान्वयनको समन्वय गर्ने,
- मन्त्रालय र अर्न्तगत निकायहरुमा संचालित विकास कार्यक्रमहरुको प्रगति,समीक्षा,परिमार्जन तथा अनुगमन मूल्याङ्कन गर्ने,
- नीति समन्वय समिति (Policy Coordination Committee) सम्बन्धी कार्य गर्ने,
- अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सम्पर्क विन्दुको रुपमा काम गर्ने,
- मन्त्रालय स्तरीय विकास समस्या समस्या समिति(MDAC)र राष्ट्रिय विकास समस्या समाधान समिति (NDAC) सम्बन्धी कार्यहरु गर्ने,
- वैदेशिक सहायतासम्बन्धी विषयमा अर्थ मन्त्रालयसंग समन्वय गरी कार्य गर्ने,
- विदेशी सहयोगवाट संचालन हुने आयोजनासंग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने,
- सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
- तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने ।
कानून तथा फैसला कार्यान्वयन शाखा
- मन्त्रालयसँग सम्बन्धित ऐन, कानूनहरूको परिमार्जनका लागि मस्यौदा पेश गर्ने,
- नयाँ विधेयक तर्जुमा गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने,
- मन्त्रालय र अन्तर्गतका निकायहरूबाट माग भएबमोजिम कानूनी राय, परामर्श उपलब्ध गराउने,
- मन्त्रालय पक्ष हुने सन्धि, सम्झौता, समझदारीपत्र आदिमा कानूनी राय उपलब्ध गराउने,
- सर्वोच्च अदालतवाट कायम नजिर सम्बन्धी निर्णयहरुको लगत विवरण अद्यावधिक गर्ने र सम्बद्ध पदाधिकारीहरुलाई जानकारी गराउने,
- मन्त्रालय विरुद्ध परेका रिट/निवेदन र पुनरावेदन सम्बन्धी कार्य गर्ने,
- मन्त्रालयको कार्यक्षेत्रका विषयमा सम्मानित अदालतबाट भएका फैसला कार्यान्वयन गर्ने गराउने,
- अदालतमा दिने जवाफ तयार गरी पेश गर्ने,
- ऐन, नियम परिमार्जन तथा तर्जुमा शाखाबाट प्राप्त भएका राय संकलन गरी सम्बन्धित विषयको निर्णयसार बनाउने कार्य गर्ने,
- नेपाल राजपत्रमा प्रकाशन गरिनु पर्ने सूचनासम्बन्धी कार्य गर्ने,
- कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय, वैदेशिक रोजगार न्यायाधिकरण तथा श्रम अदालतको सम्पर्क शाखाको रुपमा काम गर्ने,
- कानूनले सृजना गरेका अन्य जिम्मेवारीहरुसम्बन्धी काम गर्ने,
- तोकिएबमाजिमका अन्य कार्यहरु गर्ने ।