श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको परिचय र अन्तर्गतका कार्यालयहरु

उद्देश्यहरू

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई बेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारणको सिर्जना समेतबाट श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने विभागको उद्देश्य रहेको छ।

श्रम सम्बन्धी क्षेत्रको खास उद्देश्य निम्नबमोजिम छन्:

  • स्वदेशी तथा अन्तराष्ट्रिय श्रम बजारको मागअनुरुप दक्ष एवं प्रतिस्पर्धी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउने।
  • औद्योगिक व्यवसाय र अनौपचारिक क्षेत्रमा श्रमरत कामदारहरुको सुरक्षा तथा काम गर्ने स्वस्थ्य वातावरण पर्रवर्द्धन गर्ने।

रोजगारीमा महिला, युवा, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, द्वन्द्व प्रभावित तथा सीमान्तीकृत क्षेत्र र समूहका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्ने।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको वेबसाईट

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरु:

श्रम तथा रोजगार कार्यालय, विराटनगर, मोरङ्ग
Labour and Employment Office, Biratnagar, Morang