national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

श्रम तथा रोजगारको क्षेत्रमा नीतिगत सुधारका लागि यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया ।

मिति 2082 चैत्र २3 गतेका दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री दिपक कुमार साहज्यूको समुपस्थितिमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा श्रम तथा रोजगारका क्षेत्रमा कार्यरत विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. दिपक काफ्ले सहित पूर्व सचिव पूर्णचन्द्र भट्टराई, त्रिभुवन विश्व विद्यालयका प्रो. योगेन्द्र गुरुङ्ग, पासाङ शेर्पा, पदम खतिवडा, बिनिता नेपाली, काठमाडौं विश्व विद्यालयका प्रतिनिधि, गैर आवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा, राजेन्द्र कुमार राउत लगायत, डा. केशब बस्याल, डा. जीवन बाँनिया, युवराज बस्नेत, सोम लुईंटेल, रामेश्वर नेपाल, कृष्ण न्यौपाने, सरु जोशी, लक्ष्मी ढुंगेल, इन्द्र लक्ष्मी घिमिरेको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा विशेष गरी वैदेशिक रोजगारीको क्षेत्रमा नीतिगत र कानुनी सुधार, ठगी नियन्त्रण, सेवा प्रवाहमा सुधार, मागपत्र प्रमाणीकरण, पूर्व-प्रस्थान अभिमुखीकरण तालिम, पूर्व श्रम स्वीकृति, सीप विकास, स्वास्थ्य परीक्षण, न्यायोचित भर्ना प्रणाली, भर्ना शुल्क, न्यूनतम ज्याला, महिला घरेलु कामदार, श्रम बजारको देशगत एवं क्षेत्रगत विविधीकरण, द्विपक्षीय श्रम सम्झौता एवं श्रम कुटनीतिका सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरियो। कार्यक्रममा उपस्थित विज्ञहरूले क्षेत्रगत सुधारका सम्बन्धमा विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो।

माननीय मन्त्रीज्यूले कार्यक्रममा विज्ञहरूले दिएका रचनात्मक सुझावहरूलाई मन्त्रालयले ग्रहण गरी आगामी नीति, कार्यक्रम तथा कार्ययोजनामा समावेश गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुका साथै श्रम तथा रोजगार क्षेत्रमा सुधारका लागि निजी क्षेत्र, विश्वविद्यालय, नागरिक समाज लगायतका विज्ञहरुको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेकोले आगामी दिनमा विषयक्षेत्रगत विज्ञता अनुसार रोष्टर निर्माण गरी निरन्तर संवाद, छलफल एवं अन्तरक्रिया गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।