विज्ञप्ति

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न सशर्त अनुदान निकासा सम्बन्धी प्रेस विज्ञप्ति

 

२०७७ कार्तिक २६

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०७७/७८ का लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचिकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराई रोजगारी उपलव्ध गराउने उद्देश्य अनुरुप रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS ) मा बेरोजगार व्यक्तिको संख्या प्रविष्टिको आधारमा रकमको बाँडफाँड गरी ५६९ स्थानीय तहमा रु. ३ अर्व बाँडफाँड गरी सशर्त अनुदान पठाइएको छ ।

नेपाल सरकारको बजेट वक्तव्यको बुँदा नं. ६३ बमोजिम स्थानीय तहमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममूलक विधिबाट आयोजना कार्यान्वयन गराई २ लाख जनालाई रोजगारी उपलव्ध गराउने उल्लेख भए अनुसार हाल सम्म रु. ६ अर्व ८९ करोड स्थानीय तहमा उपलव्ध गराई सकिएको र यसबाट १ लाख ३३ हजार ३ सय 27 जनालाइ न्यूनतम १०० दिनको रोजगारी उपलव्ध हुने अपेक्षा लिइएको छ । स्थानीय तहगत बजेट बाँडफाँडको विवरण http://pmep.gov.np मा हेर्न सकिनेछ ।

 

चालु आर्थिक वर्षको लागि (अवण्डामा रहेको) बाँकि रु. ३ अर्व ४४ करोड ७० लाख अनुदान रकम निकट भविष्यमा पुन: बाँडफाँड गरी पठाइनेछ ।

डाउनलोड गर्नुहोस ।