दीर्घकालीन सोच र उद्धेश्य
दीर्घकालीन सोच
“श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशिल मानव संसाधनको विकास गरी रोजगारीका अवसर सिर्जना, असल श्रम सम्बन्धको विकास, बालश्रमको निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक विकासमा सघाउ पुर्याउने” ।
उद्धेश्य
- स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरु सृजनाद्वारा बेरोजगारी न्यूनिकरण गर्दै संविधानले प्रत्याभूत गरेको रोजगारीको हकलाई सुनिश्चित गर्ने ।
- वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने ।
- एकिकृत सामाजिक सुरक्षा नीति अबलम्बन गरी आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने ।
- असल श्रम सम्बन्धको विकास गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्ने ।
- सबै प्रकारका श्रम शोषण र बालश्रमको अन्त्य गर्ने ।
- सामाजिक सुरक्षा व्यवस्थापन गर्ने ।