नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

सुरक्षित आप्रवासन (SaMi) परियोजना

परियोजना समन्वय इकाई

˜ परियोजनाबारे संक्षिप्त जानकारी

नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्‍न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास-स्वीस इन्टरको अपरेशनसको
प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारका लागि तेश्रो चरणको
“सुरक्षित आप्रवासन ‘सामि’ ” परियोजना कार्यान्वयन भैरहेको छ । यस परियोजनाबारे संक्षिप्त जानकारी यसप्रकार
छ :-

परियोजनाको नाम :- वैदेशिक रोजगारका लागि “सुरक्षित आप्रवासन” परियोजना
परियोजना अवधि :- आर्थिक वर्ष २०७५\७६ बाट २०७८\७९ सम्म ४ वर्षका लागि
परियोजना कूल लागत :- स्वीस फ्रैङ्क २३,८००,००० कारिब रु २,३८,००,००,०००
मूल लक्ष्य :- वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदार र तिनका परिवारलाभान्वित  राज्य संयन्त्रबाटसंरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुनेछन् ।
अपेक्षित उपलब्धीहरु :- उपलब्धी-१ :- नेपाली महिला तथा पुरुष( विपन्न वर्ग सहितका) आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुकोवैदेशिक रोजगारबाट प्राप्त हुने प्रतिफलमासामाजिक, आर्थिक भार कम भै लाभ र आम्दानी बृद्धि हुनेछ र सामाजिक असर वा लागत न्यून हुनेछन्।

उपलब्धी- २:- वैदेशिक रोजगारमा संलग्न कामदारकोसंरक्षणमा संघीय,प्रदेश तथा स्थानीय तहमा प्रभावकारी संयन्त्रहरुरहनेछन्  ।

परियोजनाका मुख्य मुख्य प्रावधानहरु :-
  • काठमाडौं जिल्ला र उपत्यका बाहिरका ३९ जिल्लामा बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न आप्रवासीश्रोतकेन्द्रको स्थापना गरी सञ्‍चालनमा ल्याउने,
  • वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा ठगीएका व्यक्तिहरुको न्यायमा पहुँच बढाउने । यसका लागि उजुरी र गुनासो सुनुवाई र कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने,
  • वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने,
  • वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागतकम गर्दै लैजाने क्रममा मनोसामाजिक परामर्श सेवाउपलब्ध गराउने,
  • आप्रवासी कामदारसन्जालको गठन तथाकार्यक्षमताअभिवृद्धि गर्ने,
  • सम्बद्ध सरकारी निकायहरु,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार न्यायाधिकरणको कार्यक्षमतामा थप अभिवृद्धिका लागि सहयोग पुर्‍याउने ।
श्रम तथा रोजगार मन्त्रालयअर्न्तर्गत परियोजना समन्वय इकाईले जिल्ला विकास समिति मार्फ् कार्यक्रम सञ्चालन हुने जिल्लाहरु:- १. दाङ २. कास्की ३. नुवाकोट ४. सिन्धुपाल्चोक ५. उदयपुर ६. सिराहा ७. महोत्तरी ८. सिन्धुली, र ९. झापा १०. खोटाङ ११. नवलपरासी-बर्दघाट सुस्ता पूर्व१२. र्सलाही १३. रामेछाप १४. नवलपरासी- बर्दघाट सुस्ता पश्चिम१५. सुनसरी १६. कैलाली १७. धादिङ १८. धनुषा १९. सप्तरी२०. बारा २१. रौतहत २२. गुल्मी २३. गोर्खा २४. मोरङ २५. रुपन्देही २६. कपिलवस्तु २७. मकवानपुर २८. चितवन २९. तनहुँ ३०. स्याङजा ३१. काभरेपलान्चोक ३२. इलाम ३३. बाग्लुङ ३४. रोल्पा ३५. बांके ३६.पाँचथर ३७. पर्सा ३८. सल्यान ३९. भोजपुर
सम्पर्क ठेगाना :- वैदेशिक रोजगारका लागि “सुरक्षित आप्रवासन” (सामी) परियोजना, धोबीघाट, ललितपुर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरवार, काठमाडौं

फोन :-४२११८८९/४२११९६९, ५५२१०६३/५५२१६५२ (सामी)

फ्याक्स:- ९७७-१-४२११८७७

वेबसाइट:-  www.moless.gov.np/, www.sami .org.np/