व्यावसायिक तथा सीप विकास तालिम

व्यावसायिक तथा सीप विकास तालिम
page_content

मुलुकको जनशक्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार अनुकुलको ज्ञान तथा सीप प्रदान गरी रोजगारीका अवसरहरुको उपयोग गर्न सक्षम, सीपयुक्त र दक्ष जनशक्तिको उत्पादन गरेर बेरोजगारी तथा गरिबी न्युनीकरणमा ठोस योगदान पुर्याउने उद्देश्यका साथ वि.सं. २०१६ सालमा विराटनगर जुट मिल परिसरमा व्यावसायिक प्रशिक्षण केन्द्र, विराटनगरको स्थापना भएको हो। वि.स. २०३४ मा श्रमिक आपुर्ति केन्द्र, ईटहरीको रुपमा स्थापित भई उद्योग कारखानाहरूका लागी आवश्यक सीपमुलक जनशक्तिहरु तयार गरिरहेकोमा वि.सं. २०३९ सालमा बेरोजगार युवायुवतीहरुलाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले सीप विकास तालिम केन्द्र, इटहरीको रुपमा स्थापना गरियो । पछि वि.सं. २०६१ सालमा सरकारको निर्णय अनुसार व्यावसायिक प्रशिक्षण केन्द्र, विराटनगर, सीप विकास तालिम केन्द्र, कटारी, सीप विकास तालिम केन्द्र, ओखलढुंगा तथा सीप विकास तालिम केन्द्र, इटहरी एक आपसमा गाभिई व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, इटहरीको रुपमा विभिन्न विषयहरुका सीपमुलक तालिमहरु प्रदान गरिरहेकोमा परिवर्तीत संरचना बमोजिम समय तथा बजारको माग अनुरुप सीपमूलक तालिमका विषयबस्तुहरुमा परिमार्जन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्दै आएको छ। देशका विभिन्न भागमा छरिएर रहेका युवायुवतीहरुलाई सीपमूलक तालिममा पहुँच अभिवृद्धि गर्ने तथा सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले विभिन्न १६ स्थानमा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहने गरी व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको स्थापना भएकोमा देश संघीय संरचनामा गएसँगै ती व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरुलाई पुनः संरचना गरेर भैसेपाटी, बुटवल र इटहरीमा रहने गरी तीन (३) वटा तालिम केन्द्रहरुलाई वि.सं. २०७५ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको रुपमा रहने निर्णय गरियो। साथै साविक तालिम केन्द्रको दरबन्दी संरचनामा समेत परिमार्जन गरी हाल प्रतिष्ठानमा कार्यकारी निर्देशक (रा.प. द्वितीय श्रेणी) सहित जम्मा १३ जना कर्मचारीहरुको दरबन्दी संरचना कायम गरिएको छ। प्रतिष्ठानमा जनरल मेकानिक्स, विद्युत जडान, प्लम्बिङ्ग, केश श्रृंगार, कटाई सिलाई, इलेक्ट्रोनिक्स मर्मत, मोबाईल फोन मर्मत, मोटरसाईकल मर्मत, अटोमेकानिक्स, कम्प्यूटर, कुक, हाउसकिपिङ, क्लिनर लगायत विषयका सीपमूलक तालिमहरु संचालन भैरहेका छन्।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?