वैदेशिक रोजगार व्यवस्थापन शाखा

वैदेशिक रोजगार व्यवस्थापन शाखा
page_content

कार्य विवरण

  • वैदेशिक रोजगारसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्डको कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
  • श्रम कूटनीति प्रवर्द्धनका लागि आवश्यक तयारी तथा समन्वय गर्ने,
  • वैदेशिक रोजगारसँग सम्बन्धित संघ संस्थाहरुको नियमन तथा अनुगमन गर्न वैदेशिक रोजगार विभागसंग समन्वय गर्ने,
  • काउन्सेलर(श्रम)तथा श्रम सहचारीको कार्यसम्पादनको नियमित रुपमा प्रगति प्रतिवेदन लिने सोको प्रतिवेदन गर्ने,
  • अन्तराष्ट्रिय आप्रवासन संगठन(IOM),कोलम्बो प्रोसेस,आबुधावि डाइलग लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सम्बन्धित महाशाखाका कार्यक्षेत्र अन्तर्गतका कार्यहरु गर्ने,
  • वैदेशिक रोजगार सम्बन्धी सूचना एवं तथ्यांक संकलन, अध्ययन तथा विश्लेषण गर्ने,
  • वैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउन राय सल्लाह प्रदान गर्ने,
  • वैदेशिक रोजगारसम्बन्धी कार्यक्रमहरु तयार गर्ने, समन्वय गर्ने र प्रतिवेदन गर्ने,
  • वैदेशिक रोजगार सम्बन्धमा रोजगारदाता मुलुकहरुसंग हुने वार्ता एवं सम्झौतासम्बन्धी कार्य गर्ने,
  • वैदेशिक रोजगारका लागि नयाँ मुलुक खुला गर्न आवश्यक अध्ययन तथा समन्वय गर्ने,
  • वैदेशिक रोजगारबाट विभिन्न क्षेत्रमा पर्न गएको प्रभावको अध्ययन अनुसन्धान गरी नीतिगत सुझाव दिने,
  • वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको स्वास्थ्य तथा सुरक्षाको विषयमा अध्ययन अनुसन्धान गरी नीतिगत सुधारको राय पेश गर्ने,
  • विदेशमा रहेका नेपालीहरुका सेवामूलक संस्थाहरुसंग सम्पर्क कायम गरी आवश्यकता अनुसार राय सुझाव प्राप्त गर्ने, प्रतिवेदन लिने एवं उपयुक्त कारवाहीकोलागि पेश गर्ने,
  • वैदेशिक रोजगारमा गएका श्रमिकहरुको हक,हित,उद्दारसम्बन्धी कार्यहरुमा नीतिगत व्यवस्था पहल गर्ने,
  • वैदेशिक रोजगारीको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक अन्य कार्यहरु गर्ने,
  • परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली कूटनैतिक नियोगहरु तथा आप्रवासनसम्बन्धी कार्यक्रमहरुको सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
  • वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रबर्दधन बोर्डसम्बन्धी कार्य गर्ने,
  • सम्बन्धित क्षेत्रका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय तथा सहजीकरणसम्बन्धी कार्य गर्ने,
  • शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापन गर्ने,
  • तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?