वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभाग
page_content

श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?