वैदेशिक रोजगार बोर्ड

विभाग
page_content

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार  बोर्डको व्यवस्था गरेको छ ।बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार  वोर्डको सचिवालय छ ।

माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ ।

के तपाईं आफूले हेरेको जानकारीबाट सन्तुष्ट हुनुहुन्छ?