मन्त्रालयको बारेमा

नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी

बेलायतको स्वास्थ्य सेवामा नेपाली स्वास्थ्यकर्मीलाई विधिसम्मत, सुरक्षित, मर्यादित र व्यवस्थित तवरबाट रोजगारी प्रदान गर्न मिति २०७९ भाद्र ६ गते नेपाल सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकार बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बेलायतमा कार्यरत हुने नेपाली स्वास्थ्यकर्मीको सेवा, सुविधा र अधिकार सम्बन्धी व्यवस्था बेलायती स्वास्थ्यकर्मी
सरह हुने र रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीलाई बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायले आवश्यक तालिम प्रदान गरी रोजगारीमा पदस्थापना गरिनेछ ।
रोजगारीको लागि थप व्यवस्थित गर्न कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) का सम्बन्धमा हाल छलफल जारी रहेको र उक्त प्रोटोकलमा सहमती भएपश्चात रोजगारीको लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। प्रोटोकलमा प्रथम चरणमा परिक्षण कार्यक्रम (पाइलट प्रोग्राम) सञ्चालन हुने र उक्त परिक्षण कार्यक्रमको मूल्याङ्कन पश्चात थप नियुक्ती तथा विस्तारको सम्बन्धमा आवश्यक निर्णय लिइनेछ ।

नियुक्ती प्रक्रियाका सम्बन्धमा थप जानकारीका लागि यो वेबपेज हेर्दै गर्न वा uknursing@moless.gov.np मा इमेल गर्न सकिनेछ ।

संयुक्त प्रेस विज्ञप्ति

बारम्बार सोधिने प्रश्नहरु

UK Health Care