मन्त्रालयको कार्यक्षेत्र
मिति २०६९/०२/०५ मा स्वीकृत कार्य विभाजन नियमावली अनुसार मन्त्रालयको कार्यक्षेत्र देहाय अनुसार तोकिएको छ :–
क) श्रम तथा रोजगार सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन,
ख) श्रमशक्ति र श्रमबजार सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण,
ग) अन्तर्राष्ट्रिय श्रम सँगठन तथा श्रम सम्बन्धी अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्था,
घ) श्रमिक र व्यवस्थापकबीचको सम्बन्ध,
ङ) रोजगार सेवा तथा श्रमिक आपूर्ति,
च) वैदेशिक रोजगार,
छ) व्यवसायिक तालीमको सञ्चालन, समन्वय तथा प्रवद्र्धन,
ज) महिला, अपाङ्ग तथा मजदुरको सीप र तालीम,
झ) टेड युनियन,
ञ) श्रमिकहरुको सामाजिक सुरक्षा,
ट) विदेशीहरुका लागि श्रम स्वीकृति,
ठ) श्रम प्रशासन र व्यवस्थापन,
ड) श्रमिकहरुलाई उपलब्ध गराइने बोनस र
ढ) रोजगारी सिर्जना सम्वन्धी कार्यमा समन्वय ।