नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
वैदेशिक रोजगारका लागि "सुरक्षित आप्रवासन" परियोजना
परियोजना समन्वय इकाई
परियोजनाबारे संक्षिप्त जानकारी
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत श्रम तथा रोजगार मन्त्रालय र हेल्भेटास-स्वीस इन्टरकोअपरेशनद्वारा संयुक्त रुपमा वैदेशिक रोजगारका लागि "सुरक्षित आप्रवासन" परियोजना कार्यान्वयन भैरहेको छ । यस परियोजनाबारे संक्षिप्त जानकारी यसप्रकार छ :-
|
परियोजनाको नाम :-
|
वैदेशिक रोजगारका लागि "सुरक्षित आप्रवासन" परियोजना
|
|
परियोजना अवधि :-
|
२०७० साल श्रावण १ गतेबाट २०७४ आषाढ मसान्तसम्म (तदनुसार जुलाई १६, २०१३ देखि जुलाई १५, २०१७)
|
|
परियोजना कूल लागत :-
|
स्वीस फ्रैङ्क ८९,९५,००० (रु. ८०,४६,७४,८६०।-)
|
|
मूल लक्ष्य :-
|
नेपाली महिला तथा पुरुषका लागि सुरक्षित र अधिकतम लाभदायी वैदेशिक रोजगार -आप्रवासन)
|
|
अपेक्षित उपलब्धीहरु :-
|
उपलब्धी-१ :- वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको सामाजिक, आर्थिक भार कम भै लाभ र आम्दानी बृद्धि भएको हुनेछ । उपलब्धी- २:- नेपाल सरकारको वैदेशिक रोजगार नीति, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने सक्षम एवं सुदृढ प्रणाली र संयन्त्रको विकास भएको हुनेछ ।
|
|
परियोजनाका मुख्य मुख्य प्रावधानहरु :-
|
-
काठमाडौं जिल्ला र उपत्यका बाहिरका १८ जिल्लामा बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउने (परियोजना समन्वय इकाईका तर्फाट ९ जिल्ला र परियोजना व्यवस्थापन इकाईबाट ९ जिल्ला),
-
न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक, अर्ध न्यायिक सहयोग, पीडितको लागि आश्रयको व्यवस्थाका साथै सरकारी निकायको कार्यक्षमता र क्रियाशिलता अभिवृद्धि गर्ने । यसका लागि उजुरी र गुनासो सुनुवाई र कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने,
-
वैदेशिक रोजगारबाट पीडित व्यक्तिहरुका लागि पुनःस्थापना गृहको संचालन र अनुगमनका लागि आवश्यक व्यवस्था मिलाउने,
-
वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप र तालिम दिलाउने साथै घरेलु महिला कामदारका लागि निर्धारित तालिम र अन्यको लागि पुर्वप्रस्थान/अभिमुखीकरण तालिम दिने दिलाउने कार्यमा सहयोग पुर्याउने । यस कार्यको अनुगमन गरी व्यवसायिक सीप र तालिम दिने व्यवस्था मिलाउन एक रोजगार कोषको स्थापना गरी सञ्चालन गर्ने संयन्त्र खडा गर्ने,
-
केही निश्चित जिल्लाहरुको छनौट गरी सामाजिक मूल्य मान्यतामा आउन सक्ने विकृति र विसंगति कम गर्दै लैजान मनोवैज्ञानिक एवं सामाजिक परामर्श सेवासम्बन्धी सहयोग उपलब्ध गराउने,
-
आप्रवासी कामदारको संरक्षणका लागि कानुनी उपचार र वकालत सम्बन्धी सहयोग उपलब्ध गराउने,
-
सम्बद्ध सरकारी निकायहरु, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार न्यायाधिकरणको कार्यक्षमतामा थप अभिवृद्धिका लागि सहयोग पुर्याउने ।
|
|
श्रम तथा रोजगार मन्त्रालयअर्न्तर्गत परियोजना समन्वय इकाईले जिल्ला विकास समिति मार्फ् कार्यक्रम सञ्चालन हुने जिल्लाहरु:-
|
१. दाङ २. कास्की ३. नुवाकोट ४. सिन्धुपाल्चोक ५. उदयपुर ६. सिराहा ७. महोत्तरी ८. सिन्धुली, र ९. झापा
|
|
हेल्भेटास स्वीस इन्टरकोअपरेशनअर्न्तर्गत परियोजना व्यवस्थापन इकाईबाट कार्यक्रम सञ्चालन हुने जिल्लाहरु :-
|
१. खोटाङ २. र्सलाही ३. रामेछाप ४. नवलपरासी ५. सुनसरी ६. कैलाली ७. धादिङ ८. धनुषा ९. सप्तरी
|
|
सम्पर्क ठेगाना :-
|
वैदेशिक रोजगारका लागि "सुरक्षित आप्रवासन" (सामी) परियोजना
परियोजना समन्वय इकाई
श्रम तथा रोजगार मन्त्रालय, सिंहदरवार, काठमाडौं
फोन :-४२११८८९/४२११९६९, फ्याक्स:- ९७७-१-४२११८७७
वेबसाइट:- www.mole.gov.np/, ईमेल:- info.pcu.sami@gmail.com
|